भद्रपुर: साइबर अपराधमा पक्राउ परेका बीएण्डसी अस्पतालबिर्तामोड़ झापाका सञ्चालकतथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाई एक लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्।
काठमांडू जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीश खरेलले दुई वटा मुद्दामा ५०/५० हजार धरौटीमा छाड्न आदेश दिएको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए। प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमांडूमा दुई वटा साइबर अपराधको मुद्दा दायर भएको थियो।
प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो भने सामाजिक सञ्जालमार्फत चरित्र हत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो। मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो। उनलाई गत सेप्टेम्बर २२मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियाे।