खरसाङ: युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-को आयोजनमा मंगलवारदेखि सेवेन ए साइड भेटरन नक्आउट फूटबल टुर्नामेण्ट शुरु भयो। मण्टिभियट खेल मैदानमा पहिलो दिन तीनवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा घूम-जोरबंग्लो भेटरनले बुङकुलुंग भेटरनलाई ७-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा बतासे भेटरनले लेबोंग मिक्सअप भेटरनलाई ५-१-ले पराजित गऱ्यो। यसरी तेस्रो तथा अन्तिम म्याचमा बिजनबारी भेटरनले २/३ जीआर सेवेन भेटरनलाई पेनल्टी शूटआउटमा ६-५-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २० अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन र रनरअप् हुने टीमहरूलाई आकर्षक ट्रफीको साथमा नगद पुरस्कार पनि प्रदान गरिनेछ।