रियाद: दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डोको गोलको सहायताले सऊदी अरबको क्लब अल नस्रले सोमवार एएफसी च्याम्पियन्स लीग एलीट ग्रुप चरणको म्याचमा कतरको अल रेयानविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। पाँचपल्टका बेलोन डी’ओर विजेता रोनाल्डो वायरल संक्रमणले गर्दा इराकको अल शोर्ताविरुद्ध दुई हप्ता अघि १-१-ले ड्र रहेको म्याच खेल्नदेखि चुकेका थिए। यसपाली कतरको क्लबविरुद्ध उनले म्याच समाप्त हुन १४ मिनट अघि गोल गरी टीमको जीत सुनिश्चित गरे। दिग्गज फरवर्ड सादियो मानेले हाफ टाइमको ठीक अघि अल नस्रलाई बढ़त दिलाए जबकि रोनाल्डोले पछिबाट बढ़तलाई दोब्बर पारे। म्याच समाप्त हुन तीन मिनट अघि रोजर गुएडेसले अल रेयानको निम्ति गोल गरे पनि अल नस्रलाई म्याच जित्नेखि रोक्न सकेनन्। एएफसी च्याम्पियन्स लीगको अन्य म्याचहरूमा सऊदी अरबको अल अहलीले यूएई-को अल वासललाई २- ०- ले पराजित गऱ्यो जबकि कतरको अल सादले ईरानको एस्टेघलाललाई त्यही अन्तरले पराजित गऱ्यो।