राजभवनमा स्वच्छता अभियान , राज्यपालको सहभागिता

IMG-20241001-WA0333

गान्तोक: महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा राष्ट्रीयव्यापी रूपमा सर सफाई गरिन्छ भने यसै क्रममा आज राज्यका राज्यपाल ओम प्रकाश माथुरले स्वच्छता ही सेवा अभियान अन्तर्गत राजभवनमा आयोजित सर सफाई कार्यक्रममा सहभागिता जनाए। यस अवसरमा राज्यपालले राजभवनका कर्मचारी साथै अधिकारीहरूको क्वाटर जाँच गर्दै सबैलाई आफ्नो क्वाटर परिसर सफा राख्नुपर्ने आग्रह गरे। उनले सबैलाई आफ्नो वरिपरि दैनिकरूपमा सर सफाई गर्नुपर्ने पनि सुझाउ दिएका छन्। यस अवसरमा राज्यपालका सचिव जेडी भोटिया, अतिरिक्त सचिव खेमराज भट्टराई लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement