बुमटारको वृद्धाश्रममा ज्येष्ठ नागरिक दिवस पालन

IMG-20241001-WA0331

गान्तोक: राज्यको महिला एवं बाल विकास विभाग र स्वास्थ्य एवम परिवार कल्याण विभाग नाम्चीको पहलमा बुमटारस्थित वृद्धाश्रममा आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पालन गऱ्यो। यस वर्षको कार्यक्रमको थिम ‘एजिङ विथ डिग्निटी’ रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुमटार सल्लेबुङकी अध्यक्ष निर्मला गजमेर रहेकी थिइन्। उक्त कार्यक्रममा सीडीपीओ लक्ष्मण तामाङ, अतिरिक्त निर्देशक सरिता सुब्बा, लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा मुख्य अतिथिले वृद्ध आश्रमको निम्ति आफ्नो समर्पित भावनाले काम गर्दै आएका ऐतबहादुर सुब्बालाई उनको निस्वार्थ भावनाको सेवाको लागि सम्मान जनाइयो। उक्त कार्यक्रममा वृद्ध आश्रममा रहेका वृद्धाहरूको स्वास्थ्यजाँच शिविर पनि आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement