नामप्रिकदाङ नामसुङ महोत्सवबारे मंगनमा बैठक

IMG-20241001-WA0330

मंगन: उत्तर सिक्किमको जङ्गुको नामप्रिकदाङमा वर्षेनी आयोजन गरिने नामसुङ पर्व आयोजनलाई लिएर मंगनमा उच्चस्तरीय बैठक बस्यो। बैठकको अध्यक्षता वन तथा पर्यावरण मन्त्री साथै जङ्गु समष्टिका विधायक पिन्छो नामग्याल लेप्चाले गरे। आज मंगन जिल्लापाल कार्यालयमा बसेको सो बैठकले भारी वर्षाको कारण क्षतिग्रस्त बनेको नामप्रिकदाङ पुग्ने सडक, बेली ब्रिजको आवश्यकता, खानेपानी, बिजुली र उत्सव स्थलको व्यवस्थामाथि चिन्ता व्यक्त गरेको छ। मन्त्री लेप्चाले उक्त उत्सव स्थलको पुनस्थापनाका लागि सामुहिक सहयोगमाथि जोड़ दिए। उनले सबै विभागको साझा प्रयासको फलस्वरूप कार्यक्रम सफल बन्न सक्ने उल्लेख गरे। जिल्लापाल अनन्त जैनले समिति र अधिकारीहरूबीचको समन्वको महत्त्वबारे बोल्दै उक्त ७त्रको संयुक्त निरीक्षण गरेपछि कार्यक्रमको रुपरेखा तयार पार्नुपर्ने बताए। आजको बैठकमा जिल्ला प्रशासनका अएधिकारीहरु, पञ्चायतहरु, गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement