शीर्ष स्थानमा स्थिति मजबूत बनाएर फाइनलको नजिक पुग्यो भारत

IMG-20241001-WA0326

कानपुर: भारतले दोस्रो क्रिकेट टेस्ट म्याचमा बंग्लादेशलाई ७ विकेटले पराजित गरी सीरीज २-०-ले जित्यो। यस जीतको साथै भारतले वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) टेबलमा आफ्नो स्थितिलाई अझ मजबूत गऱ्यो जबकि बंग्लादेश चाहिँ झरेर सातौं स्थानमा पुगेको छ। भारतको ११ वटा म्याचमा ८ वटा जीतको साथ अंक प्रतिशत ७४.२४ भएको छ। अब आउँदो साल लर्ड्समा हुने डब्ल्यूटीसी फाइनलमा पुग्न रोहित शर्माको कप्तानीमा रहने टीमले रहल ८ वटा टेस्टमा ४ वटा जित्नु पर्नेछ। भारतले अब न्यूजील्याण्डविरुद्ध ३ वटा म्याचको होम टेस्ट सीरीज खेल्नेछ। त्यसपछि सालको अन्तमा बोर्डर गावस्कर ट्रफी पनि रहेको छ। त्यस सीरीजमा ५ वटा टेस्ट म्याच खेलिनेछ। बंग्लादेश चाहिँ झरेर सातौं स्थानमा पुगेको छ। बंग्लादेशको अंक प्रतिशत ३४.३८ रहेको छ। यसअघि टीम पाँचौं स्थानमा रहेको थियो। यसरी पाकिस्तानको चाहिँ डब्ल्यूटीसी फाइनलमा पुग्ने सपना लगभग समाप्त भइसकेको छ। टीमले अहिलेसम्म ७ वटा टेस्ट खेलेर ५ वटा हारेको छ। यसरी टीम १९.०५ अंक प्रतिशतको साथ आठौं स्थानमा रहेको छ। दोस्रो स्थानमा रहने अष्ट्रेलियाले आठवटा म्याच जितेको छ अनि उनीहरूको अंक प्रतिशत ६२.५० रहेको छ। यसरी श्रीलंकाई टीम ५५.५६ अंक प्रतिशतको साथ तेस्रो स्थानमा पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement