थाइल्याण्डमा बस दुर्घटना, २० भन्दा बढी विद्यार्थीको मृत्यु भएको आशंका

IMG-20240621-WA0012

थाइल्याण्डको राजधानी ब्यांककमा प्राथमिक विद्यालयका बालबालिकाले भरिएको बसमा दुर्घटना हुँदा आगलागी भएको छ। १६ विद्यार्थी र तीन शिक्षक बाँच्न सफल भएको बताइएको छ तर २२ विद्यार्थी र तीन शिक्षकको भने अझै जानकारी आउन सकेको छैन। आगलागीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको तस्बिरबाट स्पष्ट देखिन्छ। स्थानीय मिडियाका अनुसार अन्वेषकहरूले आगोको तातोका कारण बसभित्र पस्न नसक्ने बताएका छन्। बस उत्तरी प्रान्त उथाई थानीबाट बालबालिका र शिक्षक लिएर फर्कदै गरेको थियो। देशका यातायात मन्त्रीले भने, ‘बस सीएनजीमा चलेको हो कि छैन हेरिनेछ।’ उनले घटनास्थलमा पत्रकारहरुलाई भने, ‘यो निकै दर्दनाक दुर्घटना हो।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement