चक्कु हमलाको घटनामा चीनको सांघाईमा ३ जनाको मृत्यु, १५ जना घाइते

Representative-image-murder-copy

सांघाईको वालमार्ट सुपरमार्केटमा सोमबार राति भएको चक्कु प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। चिनियाँ पुलिसले घटनास्थलबाट लिन नामका ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको जनाएको छ। व्यक्तिले सांघाई आएर व्यक्तिगत आर्थिक कारणले रिस उठाएर उक्त घटना गरेको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको छ। यो घटना साङ्जाङस्थित एक सपिङ मलमा भएको हो। घाइते तीन जनाको अस्पतालमा मृत्यु भएको पुलिसले जनाएको छ। बाँकी व्यक्तिलाई गम्भीर चोटपटक लागेको छैन र उनीहरु खतरामुक्त रहेको बताइएको छ। सी नामका एक प्रत्यक्षदर्शीले बीबीसीलाई भने, ‘जताततै रगत थियो।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement