३ अक्टोबरमा विद्या भारतीको नवनिर्मित विद्यालय भवनको उद्घाटन

n6332575881727797383381451ecfec89ebb136d0f6f71a45158688de24dadff5b9127f9db2abbfdb145018

सिलगढी: विद्या भारती उत्तर बंगको विद्या भारती विकास परिषद, सिलगढीको व्यवस्थापनमा दार्जिलिङको नक्सलबाडीमा नवनिर्मित विद्यालय भवनको उद्घाटन आगामी ३ अक्टोबर,२०२४ को दिन हुने भएको छ।शारदा विद्या मन्दिर, नक्सलबाडी उत्तर बंगको एक प्रमुख माध्यमिक विद्यालय हो। समाजको सहयोगमा विद्यालयको विकास अनि विस्तार भइरहेको छ। आज बिहान विकास परिषदका सक्रिय कार्यकर्ताहरूले निर्माण कार्यको भ्रमण गरे। यस टोलीमा दीपक अग्रवाल, मुकेश सिंगल र राजेन्द्र गुप्ता सामेल थिए। विद्यालयका प्रधानाचार्य सुजित दास पनि भ्रमण अवधि उपस्थित थिए। विद्या भारतीको यो एउटा वरिष्ठ माध्यमिक विद्यालय हो। नक्सलबाडी नेपाली सीमा छेउस्थित एउटा ऐतिहासिक स्थल हो भने यो नक्सल आन्दोलनको पनि प्रमुख स्थान हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement