दीक्षा मुखिया बनिन् सेन्ट जोसेफ युनिभर्सिटी एमएस्सी फिजिक्समा सेकेण्ड ऱ्याङ्क

WhatsApp-Image-2024-10-01-at-19.13.18

दार्जीलिङ: सन्त जोसेफ युनिभर्सिटी बङलोरबाट दीक्षा मुखियाले एमएस्सी फिजिक्समा सेकेण्ड ऱ्याङ्कको सफलता  हासिल गरेकी छन्। सन्त जोसेफ युनिवर्सिटीको पहिलो दीक्षान्त समारोहमा सिल्भर मेडल प्राप्त गर्ने उनी  दार्जीलिङको पहिलो विद्यार्थी हुन्। दीक्षाले एमएससी परीक्षामा ८४.४० प्रतिशत अंक ल्याएर दोस्रो टपर बनेकी हुन्। यतिखेर उनलाई आफ्नो गाउँ लाटपञ्चर सिन्कोनाबारीले मात्र नभएर दार्जीलिङका  सजग समूहले सम्झिएका छन्, अनि आशीर्वाद र शुभकामना दिइरहेका छन्। दीक्षा मुखिया आईसीएसई परीक्षादेखि एमएससी परीक्षासम्म दोस्रो भएकी छैनन्। आमा कमला खवास मुखिया अनि बाबु डिकु मुखियाका कान्छी छोरी हुन् दीक्षा। उनको शिक्षा प्रगतिले आफ्नो गाउँ लाटपञ्चरदेखि दार्जीलिङ पार्वत्य क्षेत्रलाई ठूलो शिक्षा प्रेरणा मिलेको छ। स्रोत: शरण कार्की

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement