स्वच्छता ही सेवा अभियान अन्तर्गत दार्जीलिङको प्रसिद्ध धार्मिक स्थल महाकाल मन्दिर परिसर सफाई

IMG-20241001-WA0286

दार्जिलिङ: ‘स्वच्छता ही सेवा” अभियान अन्तर्गत आज दार्जीलिङको प्रसिद्ध धार्मिक स्थल महाकाल मन्दिर परिसरमा सफाई लगायत पौधा रोपनको कार्यक्रम सम्पन्न भयो। आकाशवाणी खरसाङ समाचार विभाग, महाकाल मन्दिर परिचालन समिति एंव दार्जीलिङ प्रेस गिल्डको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सदस्य लगायत मन्दिरका पुजारी, लामा साथै भक्तजनले मन्दिर परिसरको व्यापक रुपमा सफाई गरेका थिए। महाकाल मन्दिर परिचालन समितिको प्रयासमा वृद्ध वृद्धाहरुको निम्ति निर्माण हुँदै गरेको सडक किनारमा बिरुवाहरु रोप्ने कार्य गरियो।
सभावमा स्वच्छता, संस्कारमा स्वच्छताको मूल मन्त्र लिएर हामी सबै नै हिड्न पर्ने मन्दिर परिचालन समितिका अध्यक्ष मदनकुमार सुब्बाले बताएका छन्। यसरी नै आजको कार्यक्रमबारे कुरा गर्दै स्वच्छतालाई सेवाको रुपमा हामी सबैले अपनाउन पर्ने आकाशवाणी खरसाङका समाचार विभागका प्रभारी अशोक चौरासियाले बताएका छन्। यस कार्यक्रमको संयोजक एंव पत्रकार आदित्य रायाले महाकाल मन्दिरमा प्रतिदिन सफाई हुने नै गर्छ तर आज एउटा बिम्बको रुपमा यहाँ सफाई गर्दै सबैले नै आफ्नो गाउँ घर सफा अनि स्वच्छ राख्ने अभियानमा जुट्न पर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement