सोनादा: सोनादा उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा विज्ञान प्रदर्शनी साथै विद्यार्थीहरूद्वारा तयार पारिएको हस्तलिखित पत्रिका खुड्किलो भित्ते पत्रिकाको पनि विमोचन कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सोनादा डिग्री कलेजका प्राध्यापक डा रागिनी थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन्। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पूर्व सभासद महेन्द्र प्रधान उपस्थित रहेका थिए। उक्त कार्यक्रममा सोनादा क्षेत्रका विद्यालयहरू अनि प्राथमिक पाठशालाका विद्यार्थीहरू साथै शिक्षक शिक्षिकाहरूको पनि उपस्थिति रहेको थियो भने विद्यार्थीहरूको अभिभावकहरूको पनि उपस्थिति रहेको थियो।विद्यालयका विद्यार्थीहरूद्वारा गरिएको विज्ञान प्रदर्शनी विषयमा विद्यालयका प्रधान अध्यापक दिपेन्द्र मुखियाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।