गायिका रानी शाक्यको स्वरमा ‘देउन साथ’ सार्वजनिक
काठमाडौं: अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ। सेमी क्लासिकल गीतमा नारायण बाबुको शब्द तथा संगीत छ। सन्दिप कार्कीले गीतमा एरेन्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई रोमान्टिक रुपमा देख्न सकिन्छ। नम्रता केसीको कोरियोग्राफी तथा प्रहिल कार्की निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाईँको छायांकन, माधव वेलवासेको सम्पादन छ। गायिका रानी शाक्यले यसअघि दर्जनौ गीतहरु दर्शकमाझ ल्याइसकेकी छिन्।