कोलकाता: बंगालको नन्दीग्रामको मोहम्मदपुर सहकारी संस्थाको चुनावमा भाजपा समर्थित उम्मेदवारले सबै नौ सिट जितेका छन्। भाजपाले यसलाई जनताको विजय भनेको छ र यो बंगालमा मुख्यमन्त्री ममता ब्यानर्जीको शासनको अन्त्यको शुरुवात भएको बताएको छ। राज्यका जनताले आगामी दिनहरूमा तृणमूललाई उल्खेलने पनि भाजपाले दाबी गरेको छ। अर्कोतर्फ स्थानीय तृणमूल नेताहरूले यो गैरराजनीतिक चुनाव भएको बताएका छन्। यसमा कुनै पनि पार्टीको चिन्ह नभएको उनीहरूको भनाइ छ। मोहम्मदपुर सहकारी संस्था अन्तर्गतको क्षेत्रमा २०२१ देखि हालसम्म भाजपाको प्रभुत्व रहेको छ। नन्दीग्रामलाई भाजपाका विधायक तथा बंगाल विधानसभामा विपक्षी दलका नेता सुभेन्दु अधिकारीको गढ मानिन्छ। सुभेन्दुले २०२१ को विधानसभा चुनावमा नन्दीग्राम विधानसभा सीटबाट मुख्यमन्त्री ममता ब्यानर्जीलाई पराजित गरेका थिए।