खरसाङ: सन्त जोसेफ युनिवर्सिटी बङ्लोरबाट खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको लाटपञ्जारकी दीक्षा मुखियाले एमएससी (M.Sc Physics) परीक्षामा प्रथम दर्जामा दोस्रो टपर परीक्षाफल हाँसिल गरेेकी छन्। सन्त जोसेफ युनिवर्सिटीको पहिलो दीक्षान्त समारोहमा सिल्वर मेडल (Silver Medal) प्राप्त गर्ने उनी दार्जीलिङको पहिलो विद्यार्थी हुन्। दीक्षाले एमएससी परीक्षामा ८४ प्रतिशत अङ्क ल्याएर दोस्रो टपर बनेकी हुन्। यतिखेर उनलाई आफ्नो गाउँ लाटपञ्चर सिन्कोनावासीले मात्र नभएर दार्जीलिङे सजग समूहले सम्झिएका छन् अनि आशीर्वाद र शुभकामना दिइरहेका छन्। दीक्षा मुखिया आईसीएसई परीक्षादेखि एमएससी परीक्षासम्म दोस्रो भएकी छैनन्। लाटपञ्जार निवासी आमा कमला खवास मुखिया अनि बुबा डिकु मुखियाका कान्छी छोरी हुन् दीक्षा। उनको शिक्षा प्रगतिले आफ्नो गाउँ लाटपञ्चरदेखि दार्जीलिङ पार्वत्य क्षेत्रलाई ठूलो शिक्षा प्रेरणा मिलेको छ। उनलाई सबैले हार्दिक शुभकामना व्यक्त गरिरहेका छन्। दीक्षा मुखियाले लाठपञ्जार सिटोङ मात्र नभएर सम्पूर्ण पहाड़ र गोर्खा जातिलाई नै गौरान्वित बनाएका छन्।