चितवन (नेपाल): मोडल कृति भट्टराईको ‘हजारको नोट’ सार्वजनिक भएको छ। शुक्रबार गायक कस्तुप पन्तको आफ्नै युट्युव च्यानल मार्फत सो गीतको भिडियो सार्वजनिक भएको हो। गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको सो गीतमा लोकप्रीय गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ। सुमन राना र खुमन राना रेकर्डिस्ट रहेका सो गितलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्। सार्वजनिक सो भिडियोमा हिमाल सागर र मोडल कृति भट्टराईको अभिनय रहेको छ। झापा, विर्तामोड-८ स्थित देउनिया निवासी कृतिको यो डेव्यु गीत हो। मिस प्रदेश न० १ कि विजेता समेत रहेकी कृति पछिल्लो समय अभिनय र मोडलिङ्गमा व्यस्त रहेकी छन। मोडलिङ्गमा नै आफ्नो भविष्य तय गरिरहेकी कृतिले यस गीत सँगै आफूलाई अनुकुल भए अनुसार अवसर आए म्युजिक भिडियो र चलचित्रमा समेत काम गर्ने बताएकी छन्। बान्दे प्रसादको सम्पादन रहेको सो भिडियोको छायांकन राम शरण उप्रेतीले गरेका हुन्। रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको सो भिडियो सारथि म्युजिकले बजारमा ल्याएको हो।