अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको खोरडंगा क्षेत्रमा गर्भवती गृहिणीको झुण्डिएको लाश भेटिएपछि क्षेत्रमा सनसनी मच्चिएको छ। मृत्यु हुनेको नाम राखी राय (२२) हो। प्राप्त जानकारी अनुसार आज बिहान गृहिणीका श्रीमानले कुमारग्राम ब्लकको खोरडंगा क्षेत्रमा एक गृहिणीले झुण्डिएर आत्महत्या गरेको कामाख्यागुरी थानालाई जानकारी दिएका थिए। खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर गृहिणीलाई उद्दार गरी कामाख्यागुरी ग्रामीण अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका परिवारले गृहिणीको हत्या भएको आरोप लगाएका छन्। घटनाबारे गृहिणीका श्रीमान र ससुरालाई कामाख्यागुरी पुलिस थानाले सोधपुछ गरिरहेको छ।