बीस प्रतिशत बोनसको मांगमा मिरिक क्षेत्रमा आज पनि श्रमिकहरुद्वारा सड़कमा उत्रेर धरणा प्रदर्शन

IMG-20241001-WA0259

गाड़ीहरू बन्द

मिरिक: २० प्रतिशत बाेनसकाे मागमा मिरिकको सिङ्बुली चियाकमानका चिया श्रमिकहरू आज पनि सडकमा निस्किएर चक्का जाम गरे भने आवश्यक वाहनहरूलाई मात्रै कुद्न दिए।बीस प्रतिशत बोनसको माग पूरा नभए चक्का जाम याथवत राख्ने चिया श्रमिकहरूले जानकारी गराएका छन्। चक्का जामकाे कारण मिरिक सिलगढी सडक सुनसान बनेकाे थियो। चियाबारी श्रमिकहरूले गाड़ी चल्न नदिएपछि मिरिकदेखि सिलगढीतर्फ जाने गाडीहरूकाे चलाचल ठप्प रहेकाे छ। बीस प्रतिशत बोनसको मांगमा चियाबारी श्रमिकहरूले विभिन्न नाराहरू लगाउँदै मूल सड़कमा नै बसेका थिए। सड़कमा नै श्रमिकहरू बसेपछि गाड़ीहरू वाधित बनेको थियो। श्रमिकहरूले ‘बोनस हाम्रो अधिकार हो’, ‘समस्त श्रमिक एक हौं, बजार बस्ती साथ देऊ, अधिकार हनन गर्नु पाउँदैन, ‘मालिकवर्ग होसियार’ जस्ता नाराहरू लगाएर सड़कमा उत्रेका थिए। धरणा प्रदर्शनमा रहेका श्रमिकहरूले जबसम्म बीस प्रतिशतक दरले बोनस पाउँदैन तबसम्म धरणा प्रदर्शन र बन्द जारी रहने बताएका छन्। श्रमिकहरूले आज पनि बोनस नमिले हामी सबै सम्पूर्ण श्रमिकहरू यसरी नै धरणामा आएर सड़क बन्द गर्नेछौं अनि हाम्रो परिवारहरू पनि सबै सड़कमा नै ल्याएर प्रदर्शन गर्नेछौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement