जलपाईगढी उदयन संघको पूजामा बाल्यकालको पढाईका सम्झनाहरु ताजा हुने

IMG-20241001-WA0154

 जलपाईगढी: अब दुर्गा पुजा आउन केही दिन बाँकी रहेकाले क्लबहरुले पण्डललाई अन्तिम रुप दिने गरेका छन्। विभिन्न क्लबले विभिन्न थिममा पूजा आयोजना गर्दै आएका छन्। यस वर्ष जलपाईगुडी उदयन संघको पूजामा बाल्यकालका सम्झनाहरू ताजा हुनेछन्। जसरी बाल्यकालमा स्कूलमा अ, आ, ई, क, ख, ग सिक्थ्यौ। यहाँ जलपाईगढी उदयन संघ क्लबको पूजामा दृश्य देख्नुहुनेछ। यस वर्ष जलपाईगढी उदयन संघको दुर्गा पूजाको विशेष विषय सहज पाठ हो। पण्डललाई थर्मोकोलको पिरियड पिसले यसरी सजाइएको छ कि भित्र पस्ने बित्तिकै बाल्यकालका दिनहरु सम्झन थाल्छन्। यो पण्डलको तयारी कलाकार पारिजात रक्षितले गरिरहेका छन्। उनले यो पण्डल निर्माणको काम लामो समयदेखि शुरु गरिसकेकाले अहिले अन्तिम समयमा काम सम्पन्न हुन लागेको बताए। यस किसिमको कलाकृति बनाउन मन लागेको र धेरै खुशी मिल्ने उनले बताए। मण्डपमा भक्तजन आउँदा फरक अनुभव हुने र पुराना सम्झना लिएर यहाँबाट निस्किने उनले बताए। -न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement