कोशी प्रदेशमा बाढी पहिरोबाट १७ को मृत्यु, १३ घाइते र २९० जनाको उद्धार

IMG-20241001-WA0206

भद्रपुर: अविरल वर्षापछि आएको बाढी र पहिरोबाट कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
सोमवारसम्म प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार विभिन्न जिल्लामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो।१३ जना घाइते भएका छन् भने ६ जना बेपत्ता भएका छन् र २९० जनाको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
तथ्यांकअनुसार कोशी प्रदेशका पहाडी जिल्ला पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बुलगायत जिल्लामा बाढी र पहिरोको कारण बाटो अवरुद्ध भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement