भद्रपुर: स्याङ्जाको फेदीखोला गाउँपालिका कार्यालय बाहिर झमझम पानी परिहरेको थियो। गाउँपालिकाको खुला सभाहलभित्र मुख्यसचिव एकनारायण अर्याल सेतो खादासहित सम्मान ग्रहण गरेर धन्यवाद मन्तव्य दिइरहेका थिए। २९अगस्तमा मुख्यसचिव भएका अर्याल गृह जिल्ला पुगेर गाउँपालिकादेखि जनप्रतिनिधि र कर्मचारीको दायित्व सम्झाइरहेका थिए। तर, उनीमाथि नै अहिले देश गम्भीर संकटमा पर्दा पनि दायित्व ननिभाएको र भद्दा सम्मानमा रमाएको भन्दै आलोचना भइरहेको छ।