दक्षिण अफ्रिकाद्वारा बंग्लादेशविरुद्ध सीरीजको निम्ति टेस्ट टीमको घोषणा

IMG-20241001-WA0161

केपटाउन: दक्षिण अफ्रिकाले आउँदो महिना हुने बंग्लादेश यात्रामा खेलिने दुईवटा टेस्ट म्याचको निम्ति १५ सदस्यीय टीमको घोषणा गऱ्यो। दक्षिण अफ्रिकाले २१ अक्टोबरदेखि शुरु हुने बंग्लादेश यात्राको निम्ति ३ जना स्पिनरलाई चयन गरेको छ, जसमा सेनुरन मुथुसामी पनि सामेल छन्। मुथुसामीले एक सालपछि टेस्ट टीममा स्थान पाएका छन्। उनको साथमा टीममा केशव महाराज र डेन पीट रहनेछन्, जसले स्पिन आक्रमण सम्हाल्नेछन्। अलराउण्डर सेनुरनले तीनवटा टेस्ट म्याच खेलिसकेका छन्। टीममा एकमात्र अनक्याप्ड खेलाड़ीको रूपमा म्याथ्यू ब्रीट्जके रहेका छन्। दुईवटा टेस्ट म्याचको सीरीजको निम्ति तेम्बा बावुमालाई कप्तान नियुक्त गरिएको छ। सीरीजको पहिलो टेस्ट ढाका अनि दोस्रो टेस्ट चटगाउँमा खेलिनेछ। दक्षिण अफ्रिकी टीमका मुख्य प्रशिक्षक शुकरी कानराडले भने, बंग्लादेश यात्रा सदा मुश्किल हुन्छ। बंग्लादेशको टीम घरेलु मैदानहरूमा मजबूत हुन्छ अनि हामी आउँदो चुनौतीहरूको निम्ति तयार रहनु पर्नेछ। यसैकारण हामीले पनि त्यहाँको परिस्थितिहरूलाई ध्यानमा राखेर टीमको चयन गरेका छौं। हामीसँग ३ जना फ्रण्टलाइन स्पिनर रहेका छन् अनि उनीहरू प्रत्येकमा आवश्यकता परेको समय आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने क्षमता छ। सेनुरन जस्ता खेलाड़ीको निम्ति यो एउटा असल मौका हो, जहाँ उनले ब्याट र बल दुवैको साथ छाप छोड़्न सक्छन्।
बंग्लादेशविरुद्ध सीरीजको निम्ति दक्षिण अफ्रिकी टेस्ट टीमः
तेम्बा बावुमा (कप्तान), डेविड बेडिंगहम, म्याथ्यू ब्रीट्जके, नान्द्रे बर्गर, टोनी डी जोर्जी, केशल महाराज, एडम मार्करम, वियान मुल्डर, सेनुरन मुथउसामी, डेन पेटरसन, डेन पिड्ट, कागिसो रबाडा, ट्रिस्टन स्टब्स, रयान रिकेलटन र काइल वेरिन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement