सालको सर्वाधिक छक्का लगाउने भारतको रेकर्ड

IMG-20241001-WA0148

कानपुर: भारतीय क्रिकेट टीमलाई कानपुर टेस्ट म्याचको अवधि फेरि एकपल्ट टी२० मिजासमा देखियो। सोमवार म्याचको चौथो दिन भारतीय ब्याटरहरूले मैदानमा बाउण्ड्रीजको वर्षा गरे। बंग्लादेशको पहिल ईनिंग्स २३३ रनमा समाप्त गरेपछि भारतले ३३.४ ओभरमै ९ विकेटमा २८५ रन बनाएर आफ्नो पहिलो ईनिंग्स घोषित गऱ्यो। भारतलाई यस स्कोरसम्म पुऱ्याउनमा यशस्वी जयसवाल (७२) र केएल राहुल (६८)-को अर्द्धशतकले सहायता गऱ्यो। भारतले आफ्नो पहिलो ईनिंग्समा जम्मा ११ वटा छक्का लगायो। यसको साथै टीम इण्डियाले टेस्ट क्रिकेटमा एक सालमा सर्वाधिक छक्का लगाउने रेकर्ड बनायो। भारतले यस साल टेस्ट प्रारूपमा ९६ वटा छक्का लगाइसकेको छ। यसअघि यो रेकर्ड ईंग्ल्याण्डको नाममा रहेको थियो, जसले साल २०२२-मा जम्मा ८९ वटा छक्का लगाएको थियो। भारतले यसअघि २०२१-मा पनि एक सालमा ८७ वटा छक्का लगाएको थियो। यसपाली रोहित शर्माको कप्तानीमा रहने टीमले आफ्नो रेकर्डमा अझ सुधार गर्ने तय छ कारण भारतले यस साल अझ ६ वटा टेस्ट म्याच खेल्नु बाँकी छ। यसरी भारतीय टीमका ओपनर जयसवालले यस साल सर्वाधिक २८ वटा छक्का लगाइसकेका छन्। यस मामिलामा श्रीलंकाका कामिण्डु मेण्डिस (१९) दोस्रो र भारतकै शुभमन गिल (१६) तेस्रो स्थानमा रहेका छन्। भारतीय कप्तान रोहितले यस साल टेस्टमा १० वटा छक्का लगाइसकेका छन्। यसरी भारत र बंग्लादेशबीच दोस्रो टेस्टको चौथो दिन जम्मा ४३७ रन बनियो, जुन भारतमा टेस्ट म्याचको कुनै एक दिन बनिएको दोस्रो सर्वाधिक रन हो। भारत र श्रीलंकाबीच २००९-मा ब्रेबोर्न स्टेडियममा खेलिएको टेस्ट म्याचको दोस्रो दिन ४७० रन बनिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *