गितडब्लिङमा अँलैची किसानहरूको असार-१५ सुरू हुँदै

IMG-20220823-WA0117.jpg

गितडब्लिङ: यहाँको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको सिजन सुरु भएको छ । अउल क्षेत्रका किसानहरू कतै अलैँची टिप्न थालेका छन् भने कतै तयारीमा छन्। यसपाली बोटमा अलैँचीको राम्रै थुङ्गा लागेको छ। तर बजारको मूल्य भने सन्तोषजनक छैन।

अलैँचीको मूल्य घटेको धेरै बर्ष भयो।‌ दार्जिलिङ, कालेबुङ र सिक्किममबाट निकासी हुने मूख्य कृषि उपजको रुपमा अलैँचीलाई लिइएको छ। विदेशी बजारबाट नै मूल्य घटेर आउँदा समस्या भएको अँलैची व्यवसायीको तर्क छ।
गितडब्लिङको मुख्य नगदे वाली अलैंचीको उत्पादन यसपटक सामान्य रहने कृषकहरू बताउँछन्। यहाँका किसानले परम्परागत खेती मासेर पाखा बारी र धानखेतमा समेत अलैंची लगाएका छन्। भाउ घटेपनि नोक्सानी नहुने भएको, अरू खेतीले भन्दा राम्रो आम्दानी हुने र खेती गर्न सजिलो हुने भएकोले अलैंची खेती किसानहरूको पहिलो रोजाइमा पर्ने गरेको हो।

खोलाखोल्सा, सिमसार, बारीको डिल मात्र होइन चिलाउने र उत्तिसको फेदीमा समेत उत्पादन गर्न सकिने अलैंचीलाई ‘खोल्साको कालो सुन’को नामले पनि चिनिन्छ। भोजन, मिठाई लगायत खाद्यान्न स्वादिलो बनाउन प्रयोगमा आउने अलैंचीलाई ‘क्विन अफ स्पाईसेस’ को नामले विख्यात छ।
अलैंचीको मुल थलो सिक्किमलाई मानिन्छ। तथापि यसको उत्पादन, दार्जिलिङ, कालेबुङ, नेपाल र भूटानमा समेत गरिन्छ।

यता गितडब्लिङमा मौसम अनुकुलता कारण अलैंचीको उत्पादन प्रसस्त मात्रामा हुने गर्दछ। तर विगत केही वर्षदेखि अलैंचीको मुल्यमा लगातार कमी आइरहेको छ। अलैंचीको वास्तविक मुल्य निर्धारण किसानको हातमा हुनुपर्नेमा थोक विक्रेता र दलालको हातमा छ। किसानहरूबाट सस्तोमा अलैंची खरिद गरी भण्डारण गरी महँगो मुल्यमा बिक्री गर्ने बिचौलियाहरूको कमी छैन। परिश्रमी किसानहरू ठगिरहेका छन् भने बिना परिश्रम पैसाकै भरमा बिचौलियाहरू बर्सेनी मालामाल भईरहेका छन्।
अबको केही हप्ता पछि सबैतिर अलैंची टिप्ने चटारो किसानलाई पर्ने गर्दछ । दिनभर अलैंची टिप्न व्यस्त हुने कृषकहरु रातमा पनि जाग्राम नै बसी अलैंची छोडाउने काम गर्दछन्।

अलैंचीको उच्पादन सुरु भएपछि यहाँका अलैंची खेती गर्दै आएका किसानलाई दशैं तिहार सम्मै भ्याइ नभ्याइ हुने गर्दछ। अलैंची पाक्न नपाउँदै चरा, काला र मुसाले खाने भएकाले टिपाइमा ढिला गर्न नहुने किसानको भनाइ छ। कतिपय कृषकले दशैं अगावै अँलैची सुकाएर बिक्रि गरी घरखर्च टार्ने गरेका छन् भने कतिपयले दशैं तिहारपछि बिक्री गर्ने औ भाउ पर्खेर बेच्ने गरेका छन्।

About Author

Advertisement