उर्लाबारीमा दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप प्रतियोगिता आजदेखि सुरु हुने

IMG-20241001-WA0012

भद्रपुर: मोरंग जिल्लाको उर्लाबारीनगर पालिका स्थित मंगलबारेमा आज सेप्टेम्बर १देखि दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०२४ प्रतियोगिता सुरु हुने भएको छ।
उर्लाबारी वडा नम्बर ३ स्थित मंगलबारे भेट्रान क्लबको आयोजनामा संचालन हुने उक्त प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वट‌ै वडाका भेट्रान टिमको सहभागिता रहने आयोजक क्लवका अध्यक्ष राजन सुवेदिले बताए।
आजदेखि सुरु हुने सो प्रतियोगिताको उद्घाटन खेल मंगलबार वडा नम्बर १ र ४ का भेट्रान क्लवबिच दिउसो ३: ०० बजेदेखि खेल संचालन हुने छ।
उर्लाबारी नगरपालिका वडा नं ०३ उर्लाबारी प्रस्तावित सालबारी रंगशालामा हुने सो प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, वेष्ट कोच, म्यान अफ दी म्याच लगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने भेट्रान क्लब ले बताएको छ।
उर्लाबारी नगरपालिकाको मुख्य प्रयोजन रहने सो प्रतियोगिताको फाईनल खेल आगामी अक्टूबर ८मा हुने आयोजकले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement