विसफ लेप्चाको नेतृत्वमा गएको टोली गऱ्यो मुख्यमन्त्रीसँग भेट

n6331566441727719357716e67a08189ed2bf5e9a0fde5e94fab082d0aa0d59a7d50c1c7a858e62357e784f

गान्तोक: विशफ स्टेफन लेप्चा, फादर डेबिड योञ्जन राई, फादर जरार्ड लेप्चा, फादर फिन्टन मोक्तान र वास्तुकार सचिन देवनले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवासमा मिन्तोकगाङमा भेट गरे।
भेटको क्रममा टोलीले मुख्यमन्त्री साथै मन्त्री जीटी ढुङ्गेललाई दोस्रो पल्ट एसकेएम पार्टीको जितको निम्ति बधाई साथै शुभकामना दिए।

लगातार दोस्रो कार्यकालको सफल सरकार गठन र मूड अफ द नेशन सर्वेक्षणमा सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको रूपमा स्थान प्राप्त गर्ने सम्मान लगायत सरकारले गरेको महत्वपूर्ण कार्यलाई मान्यता दिँदै टोलीले हृदयदेखि मुख्यमन्त्रीको प्रशंसा गरे। टोलीद्वारा प्रदान गरिएको न्यानोपन र समर्थनको मुख्यमन्त्रीले आन्तरिक हृद्यदेखि सम्मान गर्दै धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement