सोरेङमा नार्को समन्वय समितिको सभा

IMG-20240930-WA0324

सोरेङ: नार्को समन्वय समितिको मासिक सभा आज सोरेङका जिल्लापाल धिराज सुवेदीको अध्यक्षतमा सम्पन्न भयो। सभामा पुलिस अधिक्षक नहकूल प्रधान, एसआइ प्रदुमन कुमार लगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। सभालाई सम्बोधन गर्दै जिल्लापाल सुवेदीले यस भन्दा अघि सम्पन्न भएको सभामा लिएको निर्णयमाथि गरिएको कार्यबारे जानकारी लिए। त्यसपछि उनले लागुऔषध धन्दाबारे पत्ता लगाउन ट्याक्सी चालकको महत्वपूर्ण भूमिकामाथि जोड दिँदै प्रशासनिक विभागसँग मिलेर काम गर्न आग्रह गरे। उनले लागुऔषध ओसारपसार विरुद्ध लड्न पहिलो सूचना दिने ट्याक्सी चालकको महत्वबारे पनि अवगत गराए। यसका साथै उनले लागुऔषधमुक्त जिल्ला बनाउन विभिन्न विभागका अधिकारीहरूले एक अर्कामा तालमेल राखेर काम गर्नुपर्ने विषयमा सुझाउ दिए।सभालाई सम्बोधन गर्दै पुलिस अधिक्षक प्रधानले लागुऔषध दुरुपयोग विरुद्ध सामुदायिक चेतनाको आवश्यकतामा जोड दिए। उनले आगामी २ अक्टोबरमा हुने विशेष ग्रामसभामा लागुऔषध दुरुपयोग र मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य विभाग र ट्याक्सी चालक संघसँग मिलेर संयुक्त प्रयास गर्न सुझाव दिए।समितिले सुरक्षालाई कडा बनाउन र राज्यभर लागुऔषधको अवैध प्रवाहलाई रोक्नको लागि राम्रो निगरानी र नियन्त्रणको लागि अन्तरराज्यीय सीमा जाँच चौकीमा लागूऔषध स्क्वाड टोली तैनाथ गर्ने आवश्यकता बारे छलफल गरियो। विद्यार्थीहरूलाई कुनै पनि शंकास्पद गतिविधिहरू गोप्य रूपमा रिपोर्ट गर्न प्रोत्साहित गर्न विद्यालयहरूमा मासिक चेकलिस्ट ढाँचा प्रसारित गर्न पनि प्रस्ताव गरिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement