विधायक सञ्जीत खरेलको अध्य़क्षतामा ऊर्जा विभागका अधिकारीहरूलाई एक समीक्षा बैठक सम्पन्न

IMG-20240930-WA0323

गान्तोक: विधायक एवम् ऊर्जा विभागका सल्लाहकार सञ्जीत खरेलको अध्य़क्षतामा आज विभागका अधिकारीहरूलाई एक समीक्षा बैठक सम्पन्न भयो। यस अवसरमा विभागका सचिव एवम् आय़ुक्त, वरिष्ठ अधिकारी साथै दक्षिण र पूर्व जिल्लाका विद्युत विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै विधायक खरेलले राजस्व प्राप्तिको महत्त्वबारे जोड दिँदै बाँकी रहेको राशिको कारण राज्यलाई नकारात्मक रूपमा असर परेको बताए। उनले राजस्व असुलीलाई प्राथमिकतामा राख्न र डिफल्टर उपभोक्ताबाट लामो समयदेखिको बक्यौता असुल गर्न सबै पदाधिकारीलाई निर्देशन दिए। विशेष गरी राजस्व मामिलामा विभागका अधिकृतको लापरवाहीलाई सल्लाहकारले गम्भीरतापूर्वक लिने आग्रह गरे। विद्युत विभागले पाउनु पर्ने रकम आगामी 2025 सम्म पूरा गर्ने लक्ष्य राखेर पहल गर्नुपर्ने सुझाउ दिए। यसको निम्ति राम्रो काम गर्ने अधिकारीहरूलाई पुरस्कार प्रदान गरिने पनि विधायक खरेलले बचन दिए।

About Author

Advertisement