सेकेण्ड स्ट्रंग ह्याण्ड अव् सिलगढ़ीको खिताब जिते रोहनले

IMG-20240930-WA0322

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको विशेष सहयोगमा एडी जिम एण्ड फिटनेसद्वारा आयोजित दार्जीलिङ जिल्ला आर्म रेसलिंग च्याम्पियनशीपमा रोहन विश्वकर्मले सेकेण्ड स्ट्रंग ह्याण्ड अव् सिलगढ़ीको खिताब जिते। इण्डियन आर्म रेसलिंग फेडरेशनमा पञ्जीकृत वेष्ट बेंगल स्टेट आर्म रेसलिंग फेडरेशनको अधीन आयोजन भएको यस प्रतियोगितामा १० वटा ओजन वर्गमा लगभग १०० जना प्रतियोगीले हिस्सा लिएका थिए। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा आइतवार सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको भवन अघि भएको यस प्रतियोगिताको प्रत्येक वर्गमा विजेता र उपविजेता हुने खेलाड़ीलाई पुरस्कार प्रदान गरियो। अन्तमा सबै वर्गका विजेता र उपविजेता खेलाड़ीहरूबीच च्याम्पियन अव् च्याम्पियन्स खिताबको निम्ति प्रतिस्पर्धा शुरु भयो, जसमा रोहन विश्वकर्माले तेजस सिंहलाई पराजित खिताब जिते। सबै वर्गमा विजेता र उपविजेता खेलाड़ीहरूलाई चण्डीगढ़मा हुने राष्ट्रिय स्तरको प्रतियोगिताको निम्ति चयन गरिएको छ। यस अवसरमा वेष्ट बेंगल स्टेट आर्म रेसलिंग फेडरेशन सचिव अदित्य दहालले प्रतियोगिताको सफल आयोजनको निम्ति सुकना युथ बोइजको साथमा नितिन सापकोटा, द्रोण भुषाल, रिनल जैन, बिशेश गुरुङ र सञ्जय छेत्रीप्रति कृतज्ञता व्यक्त गरे। यसको साथमा उनले जीटीए-को खेलकुद एवम् युवा मामिला विभागप्रति पनि सहयोगको निम्ति कृतज्ञता व्यक्त गरे। प्रतियोगितामा सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका सचिव लेखनाथ गिरी, अध्यक्ष सञ्जय छेत्री र सौरभ छेत्रीको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement