मन्त्री गुरूङले गरे क्यु खोलामा नव निर्मित जीप लाइनको उदघाटन

IMG-20240930-WA0319

गान्तोक: छुजाचेन समष्टिका विधायक एवं मन्त्री पुरण कुमार गुरुङले छुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत लिङताम-फदामचेन जीपीयु अन्तर्गत क्यु खोलामा नवनिर्मित जीप लाइनको आज विधिवतरूपमा उद्घाटन गरे। यो जीप लाईन फदम्चे निवासी वाङचुक भोटियाको तत्परतामा शुरू गरिएको हो। मन्त्री गुरूङले उनलाई खदा अर्पण गरि बधाई एवं शुभकामना दिए। छुजाचेन निर्वाचन क्षेत्रको एक प्रसिद्ध पर्यटक स्थल रहेको क्यू खोलामा विभिन्न जग्गाका पर्यटकहरुको घुइंचो लाग्ने गर्छ, अब यो जीप लाईनबाट पनि पर्यटकहरूले धेरै आनन्द उठाउने मन्त्रीले आफ्नो सम्बोधनमा बताए। पर्यटन विकासका क्षेत्रमा वर्तमान एसकेएम सरकार प्रतिबद्ध रहेको पनि मन्त्री गुरूङले आफ्नो सम्बोधनमा बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement