राष्ट्रीय पोषण माह कार्यक्रमको समापन

IMG-20240930-WA0318

पाकिम: पाकिम जिल्लामा आयोजित राष्ट्रीय पोषण माहको कार्यक्रमको आज समापन भयो। पाकिम ग्रामीण परियोजना र जोन २ आँगनवाडी कार्यकर्ताहरूद्वारा आयोजना गरिएको यस कार्यक्रमको समापन आसम लिङजेस्थित ग्राम प्रशासन केन्द्रको प्रेक्षागृहमा सम्पन्न भएको थियो। राष्ट्रिय पोषण मह पोषन अभियान (होलिस्टिक पोषणका लागि प्रधानमन्त्रीको व्यापक योजना) अन्तर्गत स्थापित वार्षिक पहल हो, जसको मुख्य उद्देश्य”एनिमिया, ग्रोथ मोनिटरिङ, पूरक आहार, पोशन भी पढाइ भी, र राम्रो शासनको लागि प्रविधिको प्रयोग” रहेको छ। यस अवसरमा मुख्य अतिथिकोरूपमा जिल्ला पञ्चायत सुमन राई रहेका थिए भने कार्यक्रमलाई सम्बोधन गर्ने उनले समग्र स्वास्थ्यका लागि स्वस्थ खानाको महत्वबारे प्रकाश पारे। सोही क्रममा पञ्चायत अध्यक्ष सीता शर्माले जीवनलाई परिवर्तन गर्न पौष्टिक आहार र स्वस्थ जीवनशैलीका फाइदाहरूबारे विस्तृत जानकारी गराइन्। यसरी नै गौचरण जुनियर माध्यमिक विद्यालयका प्रधानाध्यापक बीपी पाण्डेले ष्ट्रिय पोषण माह २०२४ को विषयवस्तुमा अन्तरदृष्टि प्रदान गर्दै महिनाव्यापी लामो पहललाई सहज बनाउन आंगनवाडी कार्यकर्ता र आशाकर्मीहरूको प्रयासको प्रशंसा गरे। यसरी नै पञ्चायत उपाध्यक्ष दिलखुश मोहराले एक स्वस्थ जीवन शैलीको गुणहरू लाभ व्यक्त गर्दै, पोषण जागरूकताको प्रवर्द्धन र सुनौलो र समृद्ध सिक्किमको प्राप्तको राज्यको आकांक्षाको लागी योगदानको आवश्यकता रहेको बताए। पञ्चायत सदस्य दाधुप भोटियाले रोगमुक्त जीवन जिउन पोषणको महत्त्वबारे चेतना जगाउने क्रममा बालबालिकाको समग्र विकासमा एकीकृत बाल विकास सेवाको निर्णायक भूमिकालाई जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement