राज्यपालसँग बीआरओका लेफ्टिनेन्ट जनरल रघु श्रीनिवासनको शिष्टाचार भेट

IMG-20240930-WA0317

गान्तोक: सडक सीमा संगठनका नव नियुक्त लेफ्टिनेन्ट जनरल रघु श्रीनिवासनले आज राज्यका राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टाचार भेट गरे। उल्लेखनीय छ, राघु सिरिनिवासम हालै सीमा सडक संगठनक महानिर्देशकको पदमा मनोनित भएका हुन्। यस अवसरमा ब्रिगेडियर एवम मुख्य अभियन्ता मनोज गुप्तको पनि उपस्थिति रहेको थियो। लेफ्टिनेन्ट जनरल सिरिनिवासमले सीमा सडक संगठनद्वारा गरिएको विभिन्न कार्य साथै गतिविधिबारे राज्यपाललाई जानकारी गराए। भेटको क्रममा राज्यपालले कठिन र चुनौतीपूर्ण अवस्थामा महत्वपूर्ण सडक र पूर्वाधारको निर्माण र मर्मतका लागी सीमा सडक संगठनद्वारा गरिएको कार्यबारे प्रशंसा गरे। सीमा सडक संगठनले देशको सिमाना सुरक्षित गर्न र दुर्गम क्षेत्रको सामाजिक-आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement