विधायक सुब्बाद्वारा पैह्रोप्रभावित क्षेत्रको निरीक्षण

IMG-20240930-WA0316

गेजिङ: मानेबुङ देन्ताम क्षेत्रका विधायक तथा तथा नागरिक उडान विभागका सल्लाहकार सुदेश कुमार सुब्बाले आज वर्षा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। विधायकले केरेमथाङ वार्ड निवासी सोमनाथ शर्माको पहिरो प्रभावित घर र आसपासको क्षेत्र अवलोकन गरे। सुब्बाले प्रभावित क्षेत्रको पुनःस्थापना र सुधार कार्यमा लागी पर्ने आश्वासन दिएका छन्।निरीक्षणका क्रममा क्षेत्रका पुर्व उपसंयोजक दिलिप प्रदान, सरकारी ठेकादार रितमान गुरुङ लगायत पीडित परिवारको उपस्थित रयो। श्री सुब्बाले पहिरोबाट परिवारहरूको पीडामा सरकारको साथ रहेको उल्लेख गर्दै आवश्यक पहल गरिने जानकारी दिएका छन्। यस अघि विद्यायक सुब्बाले देन्ताममा पर्यटन उपसूचना कार्यलय निर्माण गर्ने स्थलगत निरक्षण गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement