सचिनको रेकर्ड तोड़्न सफल भए कोहली

IMG-20240930-WA0315

Loading

कानपुर: क्रिकेट खेलमा एकपछि अर्को रेकर्ड तोड़िरहेका भारतका दिग्गज ब्याटर विराट कोहलीले सोमवार पनि एउटा रेकर्ड तोड़े। बंग्लादेशविरुद्ध ग्रीन पार्कमा जारी दोस्रो टेस्ट म्याचको चौथो दिन कोहली सबैभन्दा तेज २७,००० अन्तर्राष्ट्रिय रन बनाउने खेलाड़ी बने। उनले यस उपलब्धिलाई हासिल गरी भारतकै दिग्गज सचिन तेन्दुलकरको रेकर्ड तोड़े। कोहलीले यस उपलब्धिलाई ५९४ ईनिंग्समा हासिल गरे। यसरी क्रिकेटको भगवान मानिने सचिनले आफ्नो स्वर्णिम करियरको अवधि ६२३ वटा ईनिंग्समा २७,००० अन्तर्राष्ट्रिय रन पूरा गरेका थिए। श्रीलंकाका विकेटकीपर ब्याटर कुमार संगकाराले ६४८ ईनिंग्समा यस उपलब्धिलाई हासिल गरेका थिए। यसरी अष्ट्रेलियाका रिकी पोण्टिंगले यस उपलब्धिसम्म पुग्न ६५० ईनिंग्स लगाएका थिए। आज भारतको पहिलो ईनिंग्समा कोहलीले ३५ बल खेलेर ४७ रन बनाए। कोहलीको नाममा अहिले २७,०१२ रन रहेको छ। यसैकारण उनलाई आधुनिक क्रिकेटको रन मशीन पनि भनिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement