मुख्यमन्त्री ममता ब्यानर्जीको बयानको सांसद राजु विष्टद्वारा निन्दा

photocollage_2024930221636264

सिलगढी: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज बागडोग्राबाट चिया श्रमिकहरूले डाकेको बन्दको समर्थन नगर्ने साथै चिया बगानका श्रमिकहरूको पक्षमा हस्तक्षेप गर्न अस्वीकार गर्दै पहाडमा कतिपय राजनैतिक दलहरूले अशान्ति सृजना गरिरहेको छ भन्ने आपत्तिजनक बयानको दार्जीलिङका सांसद राजु विष्टले निन्दा गरेका छन्। उनले बताए- राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा संसदमा पारित गरिएको श्रम कानुन यदि राज्यमा लागु गरिएको भए यस समस्याको समाधान हुने थियो। पश्चिम बंगाल सरकारले पहाडको रिसोर्सेसको मात्र प्रयोग गरेर रेभेन्यू लिइरहेको अनि यहाँको जनताको कुनै महत्त्व नराखेको पनि मुख्यमन्त्री ममता ब्यानर्जीको बयानले स्पष्ट बुझेको बताउँदै यस बन्द चिया श्रमिकहरूले आफुले गरेको परिश्रमको २० प्रतिशत बोनसको अधिकार माग्न बन्द डाकिएको हो भनी सांसद राजु विष्टले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement