सोनादा: चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशतको दरले हुनुपर्छ भन्ने मांगमा श्रमिक संगठनहरूले डाकेको १२ घण्टा पहाड़ बन्दको व्यापक असर सोनादा क्षेत्रमा पनि देखिएको छ। सोनादा क्षेत्रमा बन्द पालनको लागि पिकेटिङ गरिएको छ। सोनादा क्षेत्रमा व्यापक रूपमा ट्रेड युनियनको पदाधिकारीहरू साथै चियाबारी श्रमिकहरू सडकमा उत्रेर बन्दको पालन गरिरहेका छन्। बिहानदेखि बन्द समर्थकहरूले सोनादा र टुंग क्षेत्रमा गाड़ीहरू रोकेर राखेका थिए। सोनादा क्षेत्रमा दोकानहरू पूर्ण रूपमा बन्द रहेको छ। उक्त बन्द विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय मजदुर संघ जिल्ला महासचिव प्रणय शेर्पाले चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशतको दरले हुनुपर्छ भन्ने मांगमा पहाडको श्रमिक संगठनहरूले डाकेको १२ घण्टा पहाड़ बन्द डाकिएको बताएका छन्। उनले श्रमिक संगठनहरूको मांग भनेको चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशतको दरले हुनुपर्छ भन्ने हो र यसको लागि नै १२ घण्टा बन्द डाकिएको बताएका छन्। उनले केन्द्र सरकारले श्रमिकहरूको घर बनाई दिईरहेको छ, पानी दिईरहेको छ, चामल -आँटा दिईरहेको छ र मैले मालिकवर्गलाई एकदमै ढुक्क भएको छ भनी बताएका छन्। उनले श्रमिकहरूको बीस प्रतिशतको दरले बोनस पाउनुपर्छ भन्ने मांगमा नै आज १२ घण्टा बन्दको आह्वान गरिएको जानकारी गराएका छन्।