श्रमिकहरूको बोनसको खरसाङमा श्रमिकहरू उत्रिए सडकमा

IMG-20240930-WA0271

१२ घण्टा बन्दपछि खोलियो बन्द

खरसाङ: चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशतको दरले मांग गर्दै दार्जिलिङ पहाड़को आठवटा श्रमिक संगठनहरू पार्वत्य श्रमिक समन्वय मञ्चद्वारा डाकिएको १२ घण्टा बन्द साँझ ६ बजे खोलिएको छ। पहाड़व्यापी १२ घण्टा बन्दको दिनभरि पहाड़भरि बन्द पालन गरेपछि बेलुका छ बजे बन्द खोलिएको छ। खरसाङ बजारको मोटर स्ट्याण्डमा चियाबारी श्रमिकहरू बीस प्रतिशत बोनसको मांगमा सड़कमा नै उत्रेर धरणामा बसेका थिए। श्रमिकहरूको धरणा प्रदर्शनमा खरसाङमा भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको अगुवाईमा पिकेटिङ र धरणा प्रदर्शन गरिएको छ। सड़कमा उत्रेर बीस प्रतिशत बोनसको माग गरिरहेका श्रमिकहरूको हौसला बढ़ाउन भागोप्रमोको प्रतिनिधिहरू, सभासदहरू, ट्रेड युनियनको प्रतिनिधिहरू उपस्थित रहेका थिए। पिकेटरहरूले दिनभरि सड़कमा उत्रेर गाड़ीहरू रोकेर राखेका थिए। आपतकालीन सेवाको गाड़ीहरूबाहेक अन्य गाड़ीहरू रोकिएको र बेलुकी ६ बजे खोलिएपछि सबै गाड़ीहरू कुदिरहेको देखियो। बन्दले थन्केर बसेका गाड़ीहरू र बाइकहरू ६ बजे बन्द खोलिएपछि कुद्न थालेका थिए। बन्द खोलिएपछि भागोप्रमोको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ अनि सचिव भक्तिमान तामाङ दुवैले चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशतको मांगमा डाकिएको बन्दलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। दुवैले बन्दमा सहयोग गर्ने ट्रेड यूनियन, पार्टीको प्रतिनिधिहरू, श्रमिकहरू सबैलाई धन्यवाद दिएका छन्।

पत्रकारहरूलाई सम्बोधन गर्दै सचिव भक्तिमान तामाङले आजको १२ घण्टा पहाड़ बन्दपछि अब भोलि मंगलबार बिहानदेखि हरेक चियाबारीको कारखानाहरू र कार्यालयहरू अघि धरणा प्रदर्शन गरिने जानकारी गराएका छन्। उनले अब सरकारले चियाबारी श्रमिकहरूको बोनसलाई लिएर बैठक बोलाएपछि पहाड़को चियाबारी श्रमिकहरूको आठवटा ट्रेड युनियनहरूद्वारा गठित पार्वत्य श्रमिक संगठन समन्वय मञ्चको सभा बसेर निर्णय गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement