तीनधारे क्षेत्रमा पनि श्रमिकहरूका बोनसको लागि बन्द पालन

IMG-20240930-WA0263

खरसाङ: पहाड़को चियाबारी श्रमिकहरूले बीस प्रतिशतको दरले बोनस पाउनुपर्छ भन्ने मांगमा श्रमिक संगठनहरूले डाकेको पहाड़ बन्दमा तीनधारे क्षेत्रमा पनि बन्द पालन गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको अगुवाईमा साथै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको अगुवाईमा तीनधारे क्षेत्रमा बन्द पालन गरिएको छ। तीनधारेस्थित दार्जिलिङ हिमालयन रेलवेको कारखानामा पार्टी कार्यकर्ताहरू र युनियनका पदाधिकारीहरू र श्रमिकहरू भेला भएर बन्दलाई समर्थन गरेका थिए। चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशत हुनु पर्ने मांगमा पहाड़का ८ वटा श्रमिक संगठनहरूले डाकेको १२ घण्टा पहाड़ बन्दको व्यापक असर तीनधारेमा पनि देखिएको छ। तीनधारे क्षेत्रमा पनि गाड़ीहरू बन्द देखिएको छ भने गाड़ीहरू कुद्न बन्द छ। तीनधारे क्षेत्रमा बन्द पालन गरिएको विषयमा पिकेटिङ गर्नेहरूमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति धिरेन प्रधान, ट्रेड युनियनको तर्फबाट सनबहादुर तामाङ, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य अजय विश्वकर्म लगायत अन्यहरू र श्रमिकहरू उपस्थित रहेका थिए। उक्त अवसरमा श्रमिकहरूलाई सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको उपाध्यक्ष धिरेन प्रधान, पञ्चायत सदस्य अजय विश्वकर्म, ट्रेड युनियनबाट सनबहादुर तामाङ लगायत अन्यले सम्बोधन गरेका थिए।

यस अवसरमा सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशत हुनु पर्ने मांगमा डाकिएको पहाड़ बन्दलाई लिएर हामीले तीनधारेमा बन्दलाई सफल पार्न लागिपरेका छौं र हामी सबैजना चियाबारी श्रमिकहरूको पक्षमा छौं अनि श्रमिकहरूको मांगलाई सदैव साथ र सहयोग गर्न तयार छौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement