जडेजाको टेस्ट क्रिकेटमा ३०० विकेट पूरा

IMG-20240930-WA0260

कानपुर: भारतीय अलराउण्डर रविन्द्र जडेजाले बंग्लादेशविरुद्ध जारी दोस्रो टेस्ट म्याचको चौथो दिन एउटा विशेष उपलब्धि हासिल गरे। उनी भारतको निम्ति टेस्ट क्रिकेटमा ३०० विकेट लिने सातौं बलर बने। उनले बंग्लादेशको पहिलो ईनिंग्समा खालिद महमूदलाई कट एण्ड बोल्ड आउट गरी यस उपलब्धिलाई हासिल गरे। आज बंग्लादेशको पहिलो ईनिंग्स २३३ रनमा समाप्त भयो। भारतको निम्ति टेस्ट क्रिकेटमा ३०० विकेट लिने अन्य बलरहरूमा अनिल कुम्बले (६१९), आर अश्विन (५२४), कपिल देव (४३४), हरभजन सिंह (४१७) र जहीर खान (३११) सामेल छन्। जडेजाले आफ्नो ७४औं टेस्ट म्याचमा यस उपलब्धिलाई हासिल गरे। यसबाहेक उनी ३०० टेस्ट विकेट र ३००० टेस्ट रन सबैभन्दा तेज पूरा गर्ने ईंग्ल्याण्डका इयान बोथमपछि दोस्रो खेलाड़ी बनेका छन्। बोथमले ७२औं टेस्ट म्याचमा ३०० विकेट र ३००० रन पूरा गरेका थिए। यस सूचीमा जडेजापछि पाकिस्तानका महान अलराउण्डर इमरान खान रहेका छन्। कपिल देव र न्यूजील्याण्डका रिचर्ड हेडलीले ८३-८३ वटा टेस्ट म्याचमा यस उपलब्धिलाई हासिल गरेका थिए। भारतको निम्ति सबैभन्दा कम्ती म्याचमा ३०० विकेट रविचन्द्रन अश्विनले पूरा गरेका थिए। उनले ५४ वटा म्याच लिएका थिए। यस सूचीमा कुम्बले (६६) र हरभजन (७२) दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *