कम्पनीको चाबी बुझाएको खण्डमा चौबिस घण्टामा श्रमिकहरूको बीस प्रतिशत बोनस वितरण गर्न तयार छु: पेम्बा रिम्पोर्छे

IMG-20240930-WA0259

खरसाङ: बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशतले दिनु तयार रहेको तर यसको लागि कम्पनीले चाबी बुझाएको हुनुपर्छ भनी बताएका छन्। आज खरसाङमा श्रमिकहरूको धरणालाई समर्थन गर्दै उपस्थित भएका बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले पत्रकारहरूसित कुराकानी गर्दै पहाड़को राजनैतिक दलहरूले साथ र सहयोग दिएको खण्डमा २४ घण्टाको अवधिमा श्रमिकहरूको बीस प्रतिशतको दरले बोनस दिन तयार रहेको तर यसको लागि कम्पनीले चाबी बुझाएको हुनुपर्छ र बन्द चियाबारीको श्रमिकहरुको लागि जीटीए रिलिफ फण्डबाट दिएको हुनुपर्छ भनी बताएका छन्। रिम्पोर्छेले दार्जिलिङको चिया विश्व प्रसिद्ध हो तर दशैं आएपछि अझैं पनि जहिले पनि धरणा गर्नु पर्ने अवस्था छ र बोनस नपाउनु ठूलो षड़यन्त्र हुनसक्छ भन्दै बीस प्रतिशत बोनस श्रमिकहरूले मै काम गरेको पैसा हो भनी बताएका छन्। उनले दार्जिलिङको चियाबारी श्रमिकहरूले सरकारलाई ट्याक्स दिईरहेको छ अब पनि सरकार बोल्दैन भने म श्रमिकहरूको बोनस दिनु तयार छु तर यसको लागि कम्पनीले चाबी बुझाएको हुनुपर्छ र चौबिस घण्टामा बोनस वितरण गर्नेछु भनी बताएका छन्। उनले आजको श्रमिकहरूको धरणामा सहयोगको लागि आएको बताएका छन्। पेम्बा रिपोर्छेले म कसैलाई दोष दिनु आएको होइन यहाँ तर बोनस नपाउनु ठूलो षड़यन्त्र हो भनी आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement