भारतीय पुलिस सेवाका प्रशिक्षार्थी अधिकारीहरूको राष्ट्रपतिसित भेट

SK5_4437Y1ZG

नयाँ दिल्ली: भारतीय पुलिस सेवाको ७६ आरआर (२०२३ ब्याच) का अधिकारी प्रशिक्षार्थीहरूको समूहले आज राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुसित भेटवार्ता गरे। प्रशिक्षार्थी अधिकारीहरूलाई सम्बोधन गर्दै राष्ट्रपति द्रौपदी मुर्मुले भनिन्, ‘विभिन्न अखिल भारतीय सेवाहरू मध्ये, भारतीय पुलिस सेवाको आफ्नै महत्त्व छ। कानून र व्यवस्था शासनको आधारशिला मात्र होइन, यो आधुनिक राष्ट्रको आधारशिला पनि हो।’

उनले भनिन्, ‘सरल शब्दमा भन्नुपर्दा, हामी यो पनि भन्न सक्छौं कि धेरै ठाउँमा र धेरै परिस्थितिहरूमा उनीहरू देशका नागरिकहरूका लागि राष्ट्रको अनुहार र राष्ट्रको प्रशासनिक संयन्त्रसँग उनीहरूको सम्पर्क हुनेछन्।’ राष्ट्रपतिले आगामी वर्षहरूमा भारतले नयाँ उचाइमा पुग्ने लक्ष्य लिएकाले आईपीएस अधिकारीहरूको भूमिका अझ महत्त्वपूर्ण हुने बताइन्। विधिको शासन स्थापना भए मात्र आर्थिक विकास र सामाजिक विकास सम्भव छ। शान्ति सुव्यवस्था कायम गर्न, न्याय सुनिश्चित गर्न र नागरिकको हकअधिकारको संरक्षण नगरी प्रगति अर्थहीन हुन्छ।

राष्ट्रपतिले पछिल्ला वर्षहरूमा महिला आईपीएस अधिकारीहरूको संख्यामा तीब्र वृद्धि भएकोमा खुशी व्यक्त गरिन्। उनीहरुको बढ्दो संख्याले पुलिस र पुलिस–सामुदायिक सम्बन्धको समग्र चरित्रमा सुधार ल्याउने र राष्ट्रका लागि पनि लाभदायी हुने उनको भनाइ छ। राष्ट्रपति द्रौपदी मुर्मुले प्रविधिको विकासबाट शान्तिसुरक्षा कायम गर्न, अपराध रोकथाम र पत्ता लगाउनेलगायतका क्षेत्रमा पुलिसको पहुँच पुर्याएको बताइन्। तर, यसको अर्को पक्ष भनेको अपराधी र आतंककारीले पनि प्रविधिको सहारा लिएका छन्। जब विश्वभर साइबर अपराध र साइबर युद्धहरू बढिरहेका छन्, आईपीएस अफिसरहरू प्राविधिक ज्ञानका साथसाथै अपराधीहरू भन्दा एक कदम अगाडि रहने आशा गरिन्छ। राष्ट्रपतिले भनिन्, ‘आईपीएस अधिकारीहरूलाई दिइएको ठूलो जिम्मेवारी कहिलेकाहीँ अत्यन्तै तनावपूर्ण हुनसक्छ। त्यसकारण, तिनीहरूले आफ्नो मानसिक स्वास्थ्यलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन।‘ राष्ट्रपतिले योग, प्राणायाम र विश्राम प्रविधिलाई आफ्नो दिनचर्याको हिस्सा बनाउन आह्वान गरिन्। राष्ट्रपतिले ‘आईपीएस’ मा ‘एस’ भनेको सेवा हो भन्ने कुरा सम्झन पनि सल्लाह दिइन्। राष्ट्रपतिले आफ्नो सबैभन्दा ठूलो भावना राष्ट्र र जनताको सेवा गर्ने बताइन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement