अलिपुरद्वारमा अबेर राति आगलागी

IMG-20240930-WA0243

अलिपुरद्वार: फलाकाटा ब्लकको जटेश्वर नम्बर एक ग्राम पञ्चायतको बेनकांडी क्षेत्रमा अबेर राति आगलागीको घटनाले हलचल मच्चियो। आइतबार राति बेङ्कान्डी क्षेत्रका गौतम राईको घरमा आगलागी भएको बताइएको छ। घरबाट धुवाँ निस्किएको देखेपछि छिमेकीहरू दौडिए। पहिला स्थानीयले आगो निभाउने प्रयास गरेको बताइएको छ। जटेश्वर चौकी र फलकाटा दमकलले सो जानकारी दिएको हो। घटनास्थलमा जटेश्वर चौकी पुलिस पुगेको थियो। सोही क्रममा फलकाटा दमकलबाट इन्जिन आएर आगो नियन्त्रणमा लियो। तर, दमकल र स्थानीयको प्रयासले आगो धेरै टाढासम्म फैलिन सकेको छैन। यद्यपि आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन। सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement