जलपाईगढी: आज जलपाईगढी जिल्लामा १२.२५ प्रतिशत र ९.२५ प्रतिशत बोनस सम्झौता जलपाईगढी जिल्ला साना साना चियाको कार्यालयमा चिया बगान संघहरूको नेतृत्व र ए समूहमा १६ देखि २५ एकर र बी समूहमा १ देखि १५ ऐकर जग्गा मालिकहरूको उपस्थितिमा हस्ताक्षर भएको छ। यो सम्झौताले गर्दा साना चिया बगानमा काम गर्ने मजदुरले अब कुनै समस्या भोग्नु पर्दैन। यो सम्झौताबाट १० हजारभन्दा बढी कर्मचारी लाभान्वित हुने भएका छन्। यो सम्झौतापछि टीसीबीएसयु/आईएनटीटीयुसीद्वारा ममता ब्यानर्जी जिन्दाबाद, अभिषेक ब्यानर्जी जिन्दाबाद, ऋतब्रत ब्यानर्जी जिन्दाबादको नारा लगाइयो।