सिलगढी: सिलगढी नगर निगमको ४६ नम्बर वार्डका पार्षद दिलीप बर्मनले दुई हजार चिया कमानका श्रमिक महिलाहरूको अनुहारमा खुसी ल्याएका छन्।स्मरण रहोस, दुर्गा पुजाको समयमा सबै जनाले नयाँ लुगा-फाटा लगाउँछन्, तर चिया कमानका सबै श्रमिकहरूले नयाँ लुगा-फाटा किन्ने क्षमता राख्दैनन्। यस कारण पार्षद दिलीप बर्मनको पहलमा र उत्तरेर अभियान नामक संस्थाको सहयोगमा बाघडुग्रा र नक्सलबारी इलाकाको १४ वटा कमानका २ हजार जना महिलालाई पुजाको अवसरमा एउटा कार्यक्रमबीच नयाँ लुगाहरू उपहार स्वरूप प्रदान गरिएको हो।
उक्त कार्यक्रममा पार्षद दिलीप बर्मनसँगै तृणमूल काङ्ग्रेसका दार्जिलिङ जिल्ला अध्यक्ष आलोक चक्रवर्ती, सिलगढी महकुमा परिषद् उपसभापति रूमा रेशमी एक्का, तृणमूल नेता जेपी कनोडिया तथा अन्य उपस्थित थिए।