बालुरघाट जिल्ला अस्पतालमा लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप, प्रथामिकी दर्ता

IMG-20240930-WA0229

 दक्षिण दिनाजपुर: बालुरघाट जिल्ला अस्पतालमा उपचारमा लापरवाहीका कारण फेरि एक बिरामीको मृत्यु भएको छ। यो दु:खद घटना सार्वजनिक भएपछि मृतकका परिवारले सोमबार बालुरघाट जिल्ला अस्पतालको पुरानो भवनको औषधि विभागमा प्रदर्शन गरे। सूचना पाएलगत्तै बालुरघाट थानाका आईसी शान्तिनाथ पान्जासहित ठूलो संख्यामा पुलिस घटनास्थल पुग्यो। यसैबीच मृतकका परिवारले उजुरी दिएका छन्। बालुरघाट जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट कृष्णेन्दु विकास बागले गुनासो आएपछि सम्पूर्ण घटनाको अनुसन्धान गर्ने आश्वासन दिएका छन्। मृत्यु हुनेको नाम दुलाल सरकार (५४) बताइएको छ। घर बालुरघाटको कालिकापुरमा छ। उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो। रक्तअल्पताका कारण उनलाई बालुरघाट जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। हिजो एक बोतल रगत दिइयो र आज दिउँसो बिरामीको मृत्यु भएको हो। पेटको एक्स–रे गर्नुपर्ने भएकाले बिरामीलाई खाना नखाई राखिएको थियो, दिउँसो बितिसक्दा पनि एक्स–रे नगरिएको आरोप छ। जसका कारण बिरामीको मृत्यु भएको हो। उपचारमा लापरवाही भएको भन्दै परिवारले लिखित उजुरी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement