
”ढाकछोपे” राजनीतिले गर्नु गरेको छ
राजनीतिले गर्दा यहाँ श्रमिक मरेको छ
गर्नु केही सक्ने होइन ढाकछोप बाहेक
स्वार्थमा नभा‘को स्वाङ पार्नु परेको छ
घाम पानी,दुःख बिमार भन्न पाइन्न तर
हरेक वर्ष बोनस प्रतिशत चैं झरेको छ
एक किश्तीमा कहिल्यै दिंदैन त्यही पनि
के थाह उनेरलाई कसरी गर्ज टरेको छ
मालिक भन्छ नोक्सान भयो धेर नमाग
भित्र बुझ्दा नेतालाई भने चारो छरेको छ
क्रान्ति अब हुनैपर्छ हक अधिकार लिन
दुःख, ग्लानि र कुण्ठाले मन भरेको छ
सरकार, मालिक सबै सामन्ती हुन् बुझ्नु
अन्यायले गर्दा क्रान्तितिर मन सरेको छ
कति सहनु यिनेरको अत्याचार युगौं भयो
हाम्रो भविष्य, सुख चैन सब त हरेको छ
उखेलौं अब चियागाछ भविष्य छैन यसमा
रुपियाँ हैन दुःख फल्छ भनाई अन्तरेको छ
नेता, सरकार र मालिकको मिलिभगत छ र
न्यूनतम रोज लागू नहुँदा नै काम खरेको छll