पहाड बन्दको व्यापक प्रभाव, सबै पसल र बजार बन्द

IMG-20240930-WA0184-1

 सिलगढी: दार्जीलिङ पहाडमा चिया बगान मजदुर संगठनहरूले २० प्रतिशत बोनसको माग गर्दै १२ घण्टाको हडताल गरेका छन्। चिया मजदुर संगठनहरुको संयुक्त मंचले यस्तो आह्वान गरेको हो। यसको व्यापक प्रभाव दार्जीलिङ पहाडमा परेको छ। सबै पसल र बजार बन्द छन्। सिलगढीबाट सवारीसाधनलाई पहाड आउने आउने सवारीसाधन बन्द छ। चिया बगानका मजदुरहरू २० प्रतिशत बोनसको माग गर्दै आन्दोलनमा छन्। यस विषयमा तीनवटा त्रिपक्षीय बैठक असफल भएको छ। त्यसयता चिया बगानका मजदुर संगठनको संयुक्त मंचले यो बन्दको आह्वान गरेको हो। सोमबार बिहान ६ बजेदेखि शुरु भएको बन्दका क्रममा सुकना, रोहिणी खरसाङलगायतका स्थानमा सवारीसाधन रोकिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement