बोनसलाई लिएर गोरुबथानमा विरोध जारी

IMG-20240930-WA0179

सिलगढी: चिया बगान मजदुर संगठनहरूले २० प्रतिशत बोनसको माग गर्दै बन्दको आह्वान गरेका छन्। यस विषयमा विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।  यसै सन्दर्भमा गोरुबथानको चोकमा विरोध प्रदर्शन भइरहेको छ। जसका कारण सवारीसाधनको लामो लाइन लागेको छ। सिक्किम जाने यात्रुहरूले समस्या झेक्नु परेको समाचार छ । पहाडका करिब ८७ हजार चिया मजदुरले अहिलेसम्म पूजा बोनस पाएका छैनन्। यस सम्बन्धमा २ सेप्टेम्बरमा द्विपक्षीय बैठक बसेको थियो। त्यसपछि तीन वटा त्रिपक्षीय बैठक बसे पनि कुनै समाधान हुनसकेको छैन भने मजुदुर संगठनहरु वार्षिक २० प्रतिशतको मागमा अडिग रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement