कोलकाता जानुअघि मुख्यमन्त्रीले आफू  बन्दको पक्षमा नरहेको बताइन्

IMG-20240930-WA0174

 सिलगढी: पहाडका चिया बगान संगठनहरूले बोनसको माग गर्न दार्जीलिङङ बन्दको आह्वान गरेका छन्। कोलकाता प्रस्थान गर्नुअघि मुख्यमन्त्री ममता ब्यानर्जीले यसप्रति असन्तुष्टि व्यक्त गर्दै आफू कुनै पनि प्रकारको बन्दलाई समर्थन नगर्ने बताइन्। तपाईंले हस्तक्षेप गर्नुहुन्छ कि भनेर सोध्दा मुख्यमन्त्रीले आफुलाई यसमा चासो नभएकाले यस विषयमा हस्तक्षेप नगर्ने स्पष्ट शब्दमा बताइन्। उनले चिया बगान बोनसका लागि त्रिपक्षीय बैठक चलिरहेको र त्यसबाट समाधान निकालिने बताइन्। ‘तराई र डुवर्समा समाधान खोजिएको छ र पहाडमा पनि पाइन्छ तर केही राजनीतिक दलले राजनीतिक कारणले फाइदा उठाउन खोजिरहेका छन्, यो ठीक होइन’, उनले भनिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement